Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कुटनितिक नियोगको गाडी चढेर ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्रि गर्ने पक्राउ


2.8K
Shares

कुटनितिक नियोगको गाडी चढेर ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्रि गर्ने पक्राउ

काठमाण्डौ २५, चैत । काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका १ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो।

कोभिड१९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रति गोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ प्रति गोटामा बेच्ने शंकर ग्रुपका संचालक एवम् कीर्गिस्तानका लागि अनररी कन्सुलर समेत रहेका अग्रवालले कालो बजारी गरेको पाइएपछि पक्राउ गरिएको अपराध महाशाखा प्रमुक सहकुल थापाले जानकारी दिनुभयो ।

प्रहरीले अग्रवालले प्रयोग गर्ने २०९(एच।सि।सी(१ नम्बर भएको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थान बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology