Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओलीले आज ११ बजे देशबासीको नाममा सम्बोधन गर्ने


2.2K
Shares

प्रधानमन्त्री ओलीले आज ११ बजे देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं २५, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मगलबार) ११ बजे देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराउनु भएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology