गोरखा २४, चैत । सरकारले लकडाउनको समयबधी थप गर्ने तयारी गरेको छ । बिदेशबाट आएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण फैलिएको पुष्टी भएपछि सरकारले थप कडाइ सहित लकडाउनको समय थप गर्ने तयारी गरेको बताइएको छ ।
सरकारले गत चैत ११ गतदेखि १ हप्ताका लागि घोषणा गरिएको लकडाउन पुनः ८ दिन थप गरेको थियो । बिश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकथामका लागि लकडाउन प्रभावकारी भएको सरकारको बुझाई छ ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कम्तीमा बैशाक पहिलो हप्तासम्मका लागि लकडाउन थप गर्ने तयारीमा सरकार रहेको छ । मन्त्रीपरिष्दका् बैठक आजै बस्ने जनाईएको छ ।