Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

स्थानीय तहमा बनाईएका क्वारेन्टाइन खाली : बिदेशबाट फर्किएकाहरु गाउँगाउँ डुल्दै


2.4K
Shares

स्थानीय तहमा बनाईएका क्वारेन्टाइन खाली : बिदेशबाट फर्किएकाहरु गाउँगाउँ डुल्दै

काठमाण्डौं २३ चैत – भारत लगायत अन्य मुलुकबाट लाखौँ नागरिक नेपाल फर्किए पनि सात सय ५३ वटै स्थानीय तहमा बनाइका अधिकांश क्वारेन्टाइन खाली छन् । लमजुङ, रामेछाप, सिन्धुपाल्चोक, हुम्ला, गुल्मी, पर्वत लगायत सबै जिल्लामा रहेका क्वारेन्टाइनमा नबसी ती व्यक्तिहरू गाउँमा डुलिरहँदा कोभिड १९ को सङ्क्रमण बढ्ने जोखिम बढेको छ ।

मुलुकबाहिरबाट आएकालाई क्वारेन्टाइन बस्न दिइएको निर्देशन पालना नगर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । स्थानीय तहले पनि निगरानीमा कडाइ गर्नुपर्ने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

सरकारले नगरपालिकालाई एक हजार र गाउँपालिकालाई पाँच सय बेडका क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो । सरकारको निर्देशनभन्दा कम क्वारेन्टाइन बने पनि ती धेरैजसो क्वारेन्टाइनमा विदेशबाट फर्किएकाहरूले बस्न आनाकानी गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology