Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपाल भर १ सय २० जना आइसोलेसनमा : कुल १२ सय ७७ जनाको कोरोना परिक्षण


2.4K
Shares

नेपाल भर १ सय २० जना आइसोलेसनमा : कुल १२ सय ७७ जनाको कोरोना परिक्षण

काठमाण्डौं, २२ चैत ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म १२ सय ७७ जनाको कोरोनाको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयको नियमित ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार देशभर हालसम्म ६ जनामा मात्रै पुष्टि भएको जसमा एक जना स्वस्थ भएर घर फर्कि सकेको पनि उहाँले जानकारी गराउनुभयो ।

हाल नेपालमा १ सय २० जना आइसोलनमा रहेको जानकारी दिँदै डा. देबकोटाले कन्ट्र्याक्ट ट्रेसिंगको काम पनि भइरहेको बताउनुभयो । जसमा १ सय ७ जना रातो जोनमा रहेको उनीहरुको कोरोना परीक्षण गरिने पनि उहाँले जानकारी दिनुभयो । रातो जोनमा भएकाहरुको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गर्नेछ । भक्तपुरस्थित खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका सबै ५६ जनाको नमूना संकलन भएको उहाँले बताउनुभयो ।

कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमूना संकलन गरिएको र नतिजा आउन बाँकी रहेको देबकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology