Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लकडाउनका बेला तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम स्थगित


1.2K
Shares

लकडाउनका बेला तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम स्थगित

फोटो फाइल

काठमाण्डौ १७, चैत । सरकारले तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम स्थगित गरेको छ । सम्बन्धित मुलुकको आग्रहमा केही विदेशी नागरिकलाई काठमाडौँ ल्याइसकिएको र आन्तरिक रूपमा हुने उद्दारको काम आजदेखि स्थगित गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक लीला बानियाँले जानकारी दिनुभयो ।

सोमबार सोलुखुम्बुको लुक्लामा पाँचवटा उडानबाट पर्यटकको उद्धार गरिएको छ । मुलुकको विभिन्न स्थानमा रहेका १३ सय १ जना पर्यटकलाई चार्टर्ड उडानमार्फत् काठमाडौँ ल्याइएको छ । सरकारको समन्वयमा गत बिहिबारबाट पर्यटकको उद्दार सुरु गरिएको थियो । यसैबीच नेपालमा रहेका अमेरिकी नागरिकलाई फिर्ता लैजान मंगलबार जहाज आउनेभएको छ ।

अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरी दोहा हुँदै आफ्ना नागरिकलाई वासिंटन डिसीस्थित डल्लास विमानस्थलमा झार्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology