Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

कोरोना आशंकामा पाटन अस्पताल उपचाररत भारतीय सैनिकको मृत्यु


2.8K
Shares

कोरोना आशंकामा पाटन अस्पताल उपचाररत भारतीय सैनिकको मृत्यु

काठमाडौँ १७, चैत । कोरोना आशंकामा पाटन अस्पताल उपचाररत एक पुरुषको मृत्यु भएको छ । धादिङ घर भएका ३६ बर्षिय पूरुष भारतबाट फागुन १४ गते नेपाल आउन भएको थियो ।

उहाँको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । धादिङ खनियाँबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।

उहाँलाई आइतबार ४ बजे अस्पताल भर्ना गरिएको थियो । भारतीय सैनिकमा कार्यरत उहाँलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो।

मृत्युको कारण कोरोना संक्रमण वा अन्य केही हो भन्ने बारेमा रिर्पोट आएपछि मात्र पुष्टी हुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीनजनालाई आइसोलेसनमा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology