Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बाग्लुङकी २२ बर्षिय युवतीमा कोरोनाको पुष्टी: नेपालमा संक्रमितको संख्या ५ पुग्यो


1.6K
Shares

बाग्लुङकी २२ बर्षिय युवतीमा कोरोनाको पुष्टी: नेपालमा संक्रमितको संख्या ५ पुग्यो

गोरखा १५, चैत । नेपालका अर्का एकजनामा नोबेल कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण पुष्टि भएसँगै कोरोनाको सङ्क्रमण हुनेको सङ्ख्या ५ पुगेको छ । युरोपबाट फर्किएकी बागलुङकी एक २२ वर्षीय युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

बेल्जियमबाट कतार हुँदै ती युवती नेपाल आएको पाइएको छ । बागलुङकी युवती चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो । त्यही विमानमा आएकी १९ वर्षीया एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण भएको यही चैत १० मा पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology