Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको आग्रह


1.6K
Shares

आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको आग्रह

काठमाण्डौं १४, चैत- राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले बिहिबार एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेला अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारहरूको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले लकडाउन उल्लङ्घन नगर्न आव्हान गरेको छ ।

अवज्ञा गर्नेलाई मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology