कोरोना भाइरस (कोभिड–१९) को बारेमा केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरेको भन्दै कडा कारवाही गरिने प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।
काउन्सिलले कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिलमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकामा कानून अनुसार कडा कारवाही गर्ने जनाएको हो ।
काउन्सिलले आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित भएर सूचना तथा समाचार सामग्री सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ।