केहि दिन अगाडी सामाजिक सञ्जालमा यस्तो यस्तो भावुक तस्विर भाईरल भएको थियो । जुन एक जना व्यक्ति अस्पतालको शैयाबाट सकि नसकि आफ्ना नवबिवाहित छोरी ज्वाईलाई टिकाटालो गरेर आर्शिबाद दिदै हुनुहुथ्यो । अस्पतालको शैयाबाट छोरी ज्वाईलाई आर्शिबाद दिनुहुने व्यक्ति नवलपरासीको सरावल गाउँपालिका वडा नं १ परशुराम भट्टराई हुनुहुथ्यो ।
यहि फागुन ११ गते कान्छी छोरी शान्ता भट्टराई र ज्वाई सुवास न्यौपानेलाई टीका लगाइदिएर सकि नसकि मुस्कुराउदै आर्शिवाद दिनुभएका तिनै भट्टराईले नवबिवाहित छोरी ज्वाई दोस्रो पटक मुख हेर्नै नपाई संसार छोड्नु भएको छ । नारायणगढको हरिहर मन्दीरमा भएको विवाह सकाएपछि शान्ता र सुवास क्यान्सर रोगबाट उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आइसियू आएका थिए । छोरी ज्वाइलाई आइसियू भित्र देख्न वित्तिकै सकि नसकि परशुरामले दुई हात जोडेर नमस्कार गरे, केही मुस्कुराएँ ।
जिव्रोको क्यान्सर भएकोले उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो । दूनोमा ल्याएको टीका पालैपालो लगाएर आर्शिवाद दिनुभयो । वुवाको हातबाट टीका लगाएर आर्शिवाद लिएपछि सन्चो हुन्छ भन्दै ढाँढस दिए, छोरी ज्वाईले । ‘वुवा नआत्तिनुस्, हजुरलाई ठिक हुन्छ, पर्सी फर्किएर छिट्टै भेट्न आउँछौं ।’ भन्र्दै छोरी ज्वाईले गरेको वाचा पूरा हुन पाएन । छोरीज्वाईलाई विदाई गरेकोे झण्डै १७ घण्टापछि परशुरामले प्राण त्याग्नु भयो । डिउटीमै रहेकी नर्स अनिशा धरेलले खाना खुवाउँदा खुवाउँदै उहाँले संसार छोडनुभयो ।
सो दिन डिउटीमै रहेका चिकित्सक डा.सुरेन्द्र सिग्देलका अनुसार विहेकै दिन छोरी ज्वाई अस्पतालमा आउने पूर्व जानकारी थिएन । सामान्यतय अस्पतालको आइसियु भित्र त्यसरी जान दिन मिल्दैनथ्यो, तर उहाँको अवस्था निकै जटिल थियो, उहाँहरुले अनुरोध गरेपछि नाई भन्न सक्ने अवस्था पनि रहेन, डा. सिग्देलले भने मानवीय सम्वेदनाको कुरा पनि भयो । जिव्रोको क्यान्सर भएका भट्टराईलाई निकै गाह्रो भएपछि फागुन ५ गते अस्पतालमा ल्याइएको थियो । ‘उहाँ आउँदा अचेत जस्तैं हुनुहुन्थ्यो, डब्लुबिसि दुई सय मात्रैं थियो, शुरूमा पिसाव पनि भएको थिएन, केमोथेरापी गराइरहनु भएको रहेछ’ डा। सिग्देलले भने, ‘अस्पतालमा आएपछि केही सुधार भयो, होस् पनि राम्रो खुल्यो, हामीले म्याक्सिमम् सर्पोटमा राखेका थियौं ।’
छोरी ज्वाईलाई टीका लगाएर आर्शिवाद दिएको भोलीपल्ट नै भट्टराईलाई छातीको दायाँ भागबाट निमोनिया फैंलिएको डा. सिग्देलले बताउनुभयो । ‘निमोनिया यति छिटो फैलियो की उहाँलाई बचाउन सकिएन, १२ गते राती झण्डै १२ बजे उहाँको निधन भयो’ डा। सिग्देलले भन्नुभयो ।
परर्शुरामलाई बचाउन परिवारले भारत पनि लैजान चाहेका थिए । तर, क्यान्सर चौथो स्टेजमा भएको र लैजादा झनै बढि जोखिम भएकोले नलगेको परिवारका सदस्यको भनाइ छ । सेन्ट्रल अस्पतालका अंकोलोजी विभाग प्रमुख डा.गुरुचरण शाहका अनुसार परशुरामले यसअघि नै ६ साइकल केमो लिईसक्नु भएको थियो । भक्तपुरको क्यान्सर अस्पतालमा ६ साइकल केमो लगाइसकेपछि सातौ साइकल केमो लगाउन भट्टराईलाई भरतपुर रिफर गरिएको थियो ।
१५ गतेको विहे ११ गते सार्दा मुख हेर्न पाउनुभयो भट्टराईले
विगत दुई बर्ष अघि देखि जिव्रोको क्यान्सरबाट पीडित बनेका ६० बर्षीय परर्शुरामका एक छोरा र तीन छोरी छन् । ति मध्ये कान्छी छोरी हुन शान्ता । कान्छी छोरीलाई ज्वाईको हातमा सुम्पिएर मर्ने धोको थियो उहाँको । जुन उहाँले जीवनको अन्तिम क्षणमा पुरा पुरा गर्नुभयो।
शान्ता र सुवासको विवाह फागुन १५ गते गर्ने तय भएको थियो । तर, वुवाको अवस्था जटिल बनेको कारणले दुवै तर्फको परिवारको सहमतीमा ११ गते विहे गर्ने निधो भएको थियो । दाजुका छोरा मदन भट्टराईका अनुसार परर्शुराम सधैं एउटै कुरा भन्ने गर्नुहुन्थ्यो’ ‘कान्छी छोरीको विहे आफुले देखेर मर्न पाएँ हुन्थ्यो ।’ मदनका अर्का एक आफन्त पनि काठमाण्डौंमा जटिल अवस्थामा हुनुहुन्थ्यो ।
वुवाको इच्छा पूरा गर्ने गरी विहे पनि नारायणगढमा गरिएको मदनले बताउनुभयो । ‘हामीले वुवालाई सोध्यौं, सबै तयारी ग¥यौं’ मदनले भन्नुभयो, ‘जसरी हुन्छ वुवाको हातबाट टीका लगाएर आर्शिवाद लिने धोको थियो, त्यो पूरा भयो’ ।