Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेमसम्बन्ध सुमधुर र दिगो कसरी बनाउने


8.3K
Shares

प्रेमसम्बन्ध सुमधुर र दिगो कसरी बनाउने

प्रेम मनभित्र आउने एक भावना हो । एक अर्कालाई मन पराएर केटाकेटी मायाको जालोमा पर्छन् । सुरु(शुरु मा त राम्रै माया हुन्छ तर अलि पछि भने प्रेमि(प्रेमिकाबिच असमझदारी र अनावश्यक झगडा पर्न जान्छ । जसले गर्दा सम्बन्ध बिग्रिने सम्भावना रहन्छ ।

हुन त सबै माया गर्ने मान्छेको चाहना हुन्छ कि हाम्रो माया सम्बन्ध राम्रो होस् र दिगो होस् तर त्यो हुन सक्दैन । किनकी कहिलेकाहीँ हाम्रा कतिपय बानीले, असमझदारीले र नबुझाइले गर्दा हाम्रो मायाप्रेम र सम्बन्ध तहसनहस बनाईदिने गर्छ ।

मायाप्रेमको सम्बन्ध राम्रो बनाउन नसक्ने मान्छेको जिन्दगी नै दुःखदायी हुने गर्छ । तपाईको नै प्रेम सम्बन्ध राम्रो छैन भने यि कुराहरु आजै अपनाउनुहोस् तपाईंको प्रेमसम्बन्ध राम्रो र मिठासपूर्ण हुन्छ ।

  • आफ्नो माया गर्ने मान्छेको कुराहरु राम्रोसँग सुनिदिनु र बुझिदिनुपर्छ । साथै एकअर्काको भावनाको पनि कदर गर्नुपर्छ ।
  • कुराहरु राम्रोसँग बुझेर मात्रै प्रतिक्रिया दिनुपर्छ किनकी कुरै नबुझेर बोल्दा झगडा हुन्छ र झन् प्रेम सम्बन्ध बिग्रिन सक्छ ।
  • मायाप्रेममा केयरिङ गर्ने बानी असाध्यै राम्रो मानिन्छ । केयर गर्दा माया डबल हुने गर्दछ ।
  • एक(अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोग गर्न सधैँ तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
  • अनावश्यक शंका नगर्नुहोस, अनावश्यक शंका गरेमा विवाद उत्पन्न हुन्छ ।
  • एकअर्काको गल्ती देखिनेबित्तिक्कै खुलेर भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ ।
  • आफ्ना प्रेमीरप्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन ।
  • हरेक मान्छेलाई परिवारका सदस्यको लागी निकै सम्मान हुन्छ । त्यसैले हरेक प्रेमी प्रेमिकाले एकअर्काका परिवारको कहिल्यै अपमान गरेर बोल्नु हुदैँन । जसले दुबैको सम्बन्ध राम्रो बनाउँछ ।
  • गुलियो पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले घरी(घरी भेट्ने बानी राम्रो होइन । अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ । त्यसैले विशेष समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ ।
  • दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ । अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा(युवतीहरू पनि उत्तिकै छन् । यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि समात्त हुन सक्छ । यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै किल्यर पार्नुपर्छ झुलाएर राख्नु हुँदैन । यस्तो मायामा फँसेपछिको नतिजा राम्रो हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology