Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा सचिवालयमा महिलाको सङ्ख्या ३३ प्रतिशत पु-याउने प्रचण्डको प्रतिबद्धता 


8.4K
Shares

नेकपा सचिवालयमा महिलाको सङ्ख्या ३३ प्रतिशत पु-याउने प्रचण्डको प्रतिबद्धता 

काठमाण्डौ, १९ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयमा विधान बमोजिम महिलाको उपस्थिति ३३ प्रतिशत पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । नेकपाको आज सम्पन्न केन्द्रीय कमिटी बैठकमा १५ वटा समूहबाट उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष दाहालले पार्टी कमिटीमा महिलाको उपस्थिति ३३ प्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले बैठकमा केन्द्रीय सदस्यबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिनुभयो । नेकपामा अहिले नौ सदस्सीय सचिवालमा एक जना पनि महिला छैनन् । ४४ जनाको स्थायी समितिमा दुई जना मात्रै महिला छन् । बैठकमा तल्लो तहका समितिमा बहुपद राख्नुपर्ने माग उठेको पनि राईले जानकारी दिनुभयो ।

यसैबीच नेकपा केन्द्रीय कमिटीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताउनुभएको हो । उहाँले अव छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्षले सांसदका लागि रात्रिभोज आयोजना गर्नुभएको छ ।

आज रात्रिभोजका लागि नेकपाले आफ्ना सांसदलाई मोबाइलमार्फत सन्देश पठाएको हो । भोजका लागि सांसदलाई साँझ ६ बजे बालुवाटार पुग्न भनिएको छ । नेकपा सांसदबीच एमसीसी संसद्बाट अनुमोदन गर्न हुने र नहुने विषयमा मतान्तर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology