Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

च्वाईस एफएममा नयाँ नेतृत्व


2.7K
Shares

च्वाईस एफएममा नयाँ नेतृत्व

पुष १९, गोरखा ।

च्वाईस एफएम ९० थोप्लो ४ मेगाहर्जको नयाँ सञ्चालक समिति बोर्ड चयन भएको छ । च्वाईस एफएमको सञ्चालक संस्था च्वाईस मिडिया प्रालिको साधारणसभाले बोर्डको अध्यक्षमा सञ्चालक गणेश श्रेष्ठलाई चयन गरेको हो ।

यस्तै बोर्डको सदस्यहरुमा प्रदिप खनाल, नारायणबाबु अर्याल, आशिषरमण खनाल, विनय शर्मा कट्टेल, अनुपमा खनाल र किरण लोहनी रहेका छन् ।

सबै बोर्ड सदस्यहरुको छुट्टाछुट्टै जिम्मेवारी पनि तोकिएको प्रालिले जनाएको छ । बोर्डको बिहीबार भएको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहसँग सञ्चार सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा प्रचारात्मक अभियानमा सहकार्य गर्ने निर्णय पनि गरेको प्रालिका मार्केटिङ एण्ड पब्लिक रिलेशन डाइरेक्टर नारायणबाबु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology