Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विराजको धमाकेदार एक्सनप्रधान ‘साङ्लो’ को ट्रेलर सार्वजनिक (भिडियो)


5.8K
Shares

विराजको धमाकेदार एक्सनप्रधान ‘साङ्लो’ को ट्रेलर सार्वजनिक (भिडियो)

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन(लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलर कमर्शियल बनेको छ ।

किड्नी तस्करीको कथा बोकेको फिल्ममा अभिनेता विराजले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । ट्रेलरमा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । ट्रेलर हेर्दा अभिनेता विराजले ‘साङ्लो’ बाट नेपाली फिल्ममा धमाकेदार कमब्याक गर्नसक्ने देखिन्छ । माघ २४ मा रिलिज हुने फिल्ममा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । पूर्व मिस नेपाल निकिताको यो डेब्यू फिल्म हो ।

उनले ट्रेलर रिलिज कार्यक्रममा अभिनेता विराज भट्टसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताइन् । उनले भनिन्, ‘यो फिल्मभन्दा राम्रो डेब्यू मेरो अरु फिल्मबाट हुनै सक्दैन ।

विराज सरबाट मैले धेरै कुरा सिक्न पाएको छु । उहाँ मेरो लागि अभिभावक हुनुहुन्छ ।’ अभिनेता भट्टले राम्रो फिल्म बनाउने प्रयास गरेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology