काठमाडौँ ९ असार : सर्जक दुर्गालाल श्रेष्ठको शव्द सिर्जनामा नयाँ गीत “गाउँ बस्ती सुनसान ” सार्वजनिक भएको छ ।
युवा व्यवसायी एवं समाजसेवी श्रेष्ठले युवाहरु गाउँघरबाट विदेशिएपछि सुनसान बन्दै गएको गाउँले परिवेशलाई चित्रण गरेर सिर्जना गर्नुभएको गीतमा चर्चित गायक स्वरुपराज आर्चायले स्वर दिनुभएको छ ।
सुरज पण्डितको संगीत र विष्णु तामाङको संगीत संयोजन रहेको उक्त गीत दिप फिल्मसको प्रस्तुतीमा बजारमा आएको हो ।
सर्जक श्रेष्ठले पछिल्लो समय ग्रामिण क्षेत्रमा युवाहरु अधिकांस विदेशिनेक्रम बढ्दै गएको र गाउँ रित्तो बन्दै गएको यर्थातलाई गीतमार्फत निक्कै प्रस्तुत गर्नुभएको छ ।
दिप गुरुङ युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमै दर्शक स्रोताको मनजित्ने बिश्वास गरिएको छ ।