Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको प्रसिद्ध गोरखकाली मन्दिर र गोरखनाथ मन्दिर २८ गतेबाट खुल्ने


10.5K
Shares

गोरखाको प्रसिद्ध गोरखकाली मन्दिर र गोरखनाथ मन्दिर २८ गतेबाट खुल्ने

गोरखा २४, मङ्सिर । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिर र गोरखाकाली मन्दिर यही मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । संघिय सरकारले कोरोना संक्रमणको जोखिमका कारण गएको चैत महिनामा बन्द गरेको नेपालका अधिकास धार्मिकस्थलहरु खुल्न थालेसंगै जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले गोरखाको गोरखकाली मन्दिर र कालिका मन्दिर दुवै खुलाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

यस अघिगोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका गोरखनाथ र गोरखकाली मन्दिरलाई स्वास्थ्य मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको छ । बैठकले यी दुवै मन्दिर खुलाउन जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन समिति समक्ष अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology