Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एमसीसी अध्ययन प्रतिबदेन हुबहु कार्यान्वयन हुदैन : प्रचण्ड


7.8K
Shares

एमसीसी अध्ययन प्रतिबदेन हुबहु कार्यान्वयन हुदैन : प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताउनु भएको छ ।

आज पोखरामा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताउनुभएको हो ।

राजनीतिक र जनताको दुबै तहमा छलफल भइरहेको एमसिसीका विषयमा जनतालाई बुझाउन अध्ययन कार्यदल गठन भएको प्रचण्डको भनाइ थियो । अर्को फरक प्रसंगमा अध्यक्ष प्रचण्डले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको टिप्पणी गर्नुभएको छ ।

प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताउनुभयो । भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने धारणा राख्नुभयो ।

कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी रुपमै परेको बताउदै प्रचण्डले नेपालमा कोरोनाका बिरामी नहुनु सुखद भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology