Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रचण्ड र ओली दुवैको प्रस्ताव स्थायी कमिटीमा लैजाने


3K
Shares

प्रचण्ड र ओली दुवैको प्रस्ताव स्थायी कमिटीमा लैजाने

काठमाण्डौ २०, मङ्सिर ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक भोलि दिउँसो एक बजे फेरि बस्ने गरी सकिएको हो ।

बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले पार्टीको समस्याका विषयमा आज छलफल भएपनि निष्कर्स निस्किन सम्भव नभएको भन्दै दुई अध्यक्षबीचको छलफल जारी रहने पनि उल्लेख गर्नुभयो ।

सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गर्नुभएको थियो । दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology