Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न पाइने


5.4K
Shares

मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न पाइने

गोरखा २०, मङ्सिर । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न सकिने भएको छ । मंसिर २१ गतेदेखि मनकामना केबलकारको टिकट प्रभु पेबाटै काट्न सकिने भएको हो ।

प्रभु पेबाटै मनकामना केबलकारको टिकट काट्न सकिने भएपछि मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट खरिद गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यता समेत अन्त्य भएको छ ।

प्रभु पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था हो । प्रभु पेबाट रिचार्ज गर्न, इन्टरनेट, टेलिभिजन, खानेपानी विद्युती बिल भुक्तान गर्न, बस, हस्पिटल, हवाईजहाजको टिकट काट्न, अनलाइन सपिङको भुक्तान गर्न लगायतका सुविधाहरु पाउन सकिन्छ ।

साथै यसबाट बैंक अकाउन्टमा पैसा पठाउन तथा रेमिट्यान्स सुविधा लिन सकिन्छ । भने विभिन्न बैंकबाट प्रभु पेमा पैसा लोड गर्न समेत सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology