काठमाण्डौ २०, मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली समेतको सहभागिता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक सुरु भएको हो ।
यसअघि गत मंगलबार बसेको बैठकमा ओली सहित उहाँ पक्षीय नेता सहभागी हुनु भएको थिएन । अघिल्लो बैठकले ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेर ओलीसंग भेटबार्ता गर्नुभएको थियो । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वा टू वान’ वार्ता समेत भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए ।