Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा करेन्ट लागेर २४ बर्षिय युवकको मृत्यु


3.2K
Shares

गोरखामा करेन्ट लागेर २४ बर्षिय युवकको मृत्यु

गोरखा २०, मङ्सिर । गोरखामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–४ चोरकाटेमा बिद्युत पोलमा करेन्ट लागेर २४ बर्षिय रोसन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ घर भएका मृतक मगर पुष्पलाल मध्ये पहाडी लोकमार्गका काम गर्ने व्यक्ति भएको उहाँले बताउनुभयो । करेन्ट लागेर घाइते भएका मगरलाई उपचारका गोरखा अस्पतालमा ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।

११ केभिए बिद्युत प्रशारण लाइनको विद्युत पोलमा चेनेज लेख्ने क्रममा मगरलाई करेन्ट लागेको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधब न्यौपानले जानकारी दिनुभयो । मगरलाई शुक्रबार साँझ करेन्ट लागेको उहाँको भनाई छ । हाइटेन्सन लाईनको पोलमा कसरी बिद्युत चुहावट भयो भन्ने बारेमा खुल्न नसकेको प्रमुख न्यौपानेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology