Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग पराजित


1.4K
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो । शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । य

स्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाउनुभयो । यससँगै विश्वकप छनोट अन्तर्गत रहेको लिग २ मा नेपालले हारबाट सुरुवात गरेको छ । अब नेपालले अमेरिकासँग शनिबार अमेरिकासँग खेल्नेछ ।

नेपाललाई हराएसँगै ओमान लिगको दोस्रो स्थानमा उक्लिएको छ । ओमानले ५ खेलमा १० अंक जोडेको छ । अमेरिका ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology