Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बन्दीपुरमा गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाइते


3.8K
Shares

बन्दीपुरमा गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाइते

गोरखा १९, मङ्सिर । तनुहँको बन्दीपुर गाउँपालिका–१ आरुबोट स्थित डुम्रे बन्दीपुर भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

डुम्रेबाट बन्दीपुर तर्फ जाँदै गरेको ना३च ९०६७ नम्बरको सुमो गाडीले बिपरीत दिशाबाट आउँदै गरेको ग१४प ३७९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बन्दीपुर गाउँपालिका–५ ढाबगाउँ बस्ने वर्ष ३२ का बिक्रम गुरुङ गम्भीर घाइते हुनुभएको हो ।

घाईतेको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पछि थप उपचारको लागी भरतपुर पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology