गोरखा १९, मङ्सिर । गोरखा जिल्ला भित्र मासु व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । मासु व्यवसायीहरुको हक अधिकार र स्वच्छ प्रतिपर्धा लागि व्यवसायीहरु संगठित भएका हुन । सदरमुकाममा शुक्रबार एक भेलाको आयोजना गरि मासु व्यवासायीहरुले समिति नै गठन गरेका छन् ।
जसको अध्यक्ष भैरबप्रसाद दाहाल, उपाध्यक्षमा बिष्णुप्रसाद दाहाल, सचिवमा राजकुमार श्रेष्ठ, सहसचिवमा मुना अधिकारी, कोषाध्यक्षमा सन्दिप खत्रीलाई चयन गरिएको नवगठित कार्यसमितिका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । भेलाले सदस्यहरुमा चिरन्जीवि बुढाथोकी, राहुल बज्राचार्य, राम राना, सिता सुनारलाई चयन गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सल्लाहकार समितिको संयोजकमा सर्वण सुनार सदस्यहरुमा कृष्ण सिंखडा, र श्रीकृष्ण श्रेष्ठलाई चयन गरेको छ । भेलाबाट अनुगमन समिति समेत गठन भएको छ । जसको संयोजकमा शंकर बश्न्यात, सदस्यहरुमा अहमद मियाँ, अर्जुन सुनार, प्रकाश रोका, र नारायणबहादुर खत्रीलाई चयन गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । समितिले मासु पसलको अनुगमन समेत गर्ने जनाइएको छ ।