बाजुरा । बाजुरामा भाइरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा ज्वरोका कारण ५५ वर्षिया मिमा कडारा र ९० वर्षिय दलबहादुर रावलको मृत्यु भएको हो ।
बाजुरामा भाइरलका कारण बिरामी हुनेको संख्या तीन सय पुगेको छ । खापर गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ भने हिमाली गाउँपालिकाको वडा नम्बर ६ को बाल्डिक गाउँमा बिरामीको संख्या दुई सय ५० पुगेको छ ।
भौगलिक विकटता र सिङ्गो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको जनाइएको छ ।