काठमाण्डौ १८, मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ६६ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख २० हजार २ सय ७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ५१ पुगेको छ ।