गोरखा १८, मङ्सिर । गोरखाको शहिद लखन गाउँपालिका–७ मा रहेको बुङकोट स्वास्थ्य चौकीलाई ६ लाख रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री हस्तारण गरिएको छ । वडाध्यक्ष शरण श्रेष्ठको आफ्नै पहलमा दाताहरुको आर्थिक सहयोगमा चौकीमा बिरामीहरुको उपचारका लागि अत्याबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।
सो क्रममा स्वास्थ्य चौकीका लागि अति आबश्यक रहेको माइक्रोस कोप बेबी अमर, ग्लुको मिटर, फ्रिज, मेडिकल ट्रली लगायतका ल्याबका लागि आबश्यक रहेको कम्युटर तथा फर्निचर फर्निचर समेत हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।स्वास्थ्य चौकीका लागि आबश्यक स्वास्थ्य सामग्रीको अभाव नै भयो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, दाताहरु कुल ६ लाख २३ हजार ६६५ रुपैया आर्थिक संकलन गरि आबश्यक सामग्री खरिद गरि गाउँपालिका मार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।’
स्वास्थ्य सामाग्री खरिदका आरुघाट गाउँपालिका– ८ हाल काठमाडौ निवासी प्रेम खत्रीबाट ४ लाख ८५ हजार ६६५, सहिद लखन गाउँपालिका-८, का अर्जुन भण्डारीबाट ११ हजार, बाबु श्रेष्ठबाट १० हजार उत्तरकुमार श्रेष्ठबाट ५ हजार,वडा नम्बर–६ घैरुङका किरण श्रेष्ठबाट १० हजार, गोपाल बाबु श्रेष्ठ ११ हजार, वडा नम्बर–७ बुङकोटका निरोज थापाबाट ६० हजार, नवराज श्रेष्ठबाट १० हजार, पुर्ण श्रेष्ठबाट ११ हजार बिष्णु थापाबाट १० हजार रुपैया सहयोग संकलन भएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष रमेश थापागमर मार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा पालिकाका उपाध्क्षय इन्दिरा तिवारी, प्रमुख प्रशाशकिय अधिकृत जिवन बहादुर आले, वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अंगाई, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री, गाउँपालिका स्वाथ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।