गोरखा १८, मङ्सिर । गोरखा एक युवक तनहुँमा मृताबस्थामा फेला परेका छन् । जिल्लाको आरुघाट गाउँपालिका–४ घर थुमी घर भएका २६ बर्षिय होमबहादुर गुरुङको शव तनहुँको बन्दिपुर गाउँपालिका–१ नाला स्थित सुमिरा होटल पछाडी फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव गएराती फेला परेको प्रहरीको भनाई छ । मृतक गुरुङ सोही होटलमा काम गर्दै आएका थिए । बिहिबार बिहान ८ बजे युवकको शव फेला परेको प्रहरीलाई घटनाका बारेमा जानकारी गराइएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।