Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेता पौडेलको गिरफ्तारीको बिरोधमा तनहुँ काग्रेसले भोली बिरोध प्रर्दशन गर्ने


3.2K
Shares

नेता पौडेलको गिरफ्तारीको बिरोधमा तनहुँ काग्रेसले भोली बिरोध प्रर्दशन गर्ने

तनहुँ १७, मङ्सिर । नेपाली काँग्रस तनहुँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा भोली बिरोध कार्यक्रम गर्ने भएको छ ।  निषेधाज्ञा तोडेका आरोपमा आज प्रहरीले वरिष्ठ नेता पौडेल, काँग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा दिउँसो २ बजे पक्राउ गरिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे रिहा हुनुभएको थियो ।

काँग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गर्नुभयो । पूर्वाधार विकास कार्यालय मार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो । सोही बिषयलाई लिएर प्रसासनले निषेधाज्ञा जारी गरेका बेला नेता पौडेल जबरजस्ती कार्यक्रम स्थलमा जाने तयारी गरेपछि सभ्भावित झडप रोक्न प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको प्रसासनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology