Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेकपाको स्थायी कमिटिको बैठक २० गते सम्मका लागि सर्यो


3.4K
Shares

नेकपाको स्थायी कमिटिको बैठक २० गते सम्मका लागि सर्यो

काठमाण्डौं १७, मङ्सिर । नेकपा सचिवालयको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित हुनुभयो । बुधबार बसेको बैठक मंसिर २० गते फेरि बस्ने गरी सकिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयको बैठक मंसिर २० गते दिउँसो १ बजे फेरि बस्नेछ । भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठक समेत मंसिर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology