गोरखा १७, मङ्सिर । गोरखा जिल्लामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४ जना सरकारी कर्मचारी र प्रहरी कार्यालयमा रहेका थुनुवा समेत रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ । संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा ११ जना र आरुघाट गाउँपालिकामा २ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टी भएका ४ जना सरकारी कर्मचारी मध्ये गोरखा नगरपालिकाका २ जना र स्वास्थ्य कार्यालय गोरखामा कार्यरत २ जना रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका १ जना थुनुवामा पनि कोरोना देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो ।
प्रमुख रेग्मीका अनुसार गोरखा नगरपालिका ६ मा ४ जना, ८ मा ५ जना र ९ मा १ जनामा संक्रमण देखिएको हो । त्यस्तै गरी आरुघाट गाउँपालिका ८ को आरुपोखरी क्षेत्रमा रहेका २ जनामा पनि संक्रमण देखिएको छ ।