Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज ९० बर्षिया बृद्धा सहित १२ जनामा कोरोना संक्रमण पुष्टी


1.9K
Shares

गोरखामा आज ९० बर्षिया बृद्धा सहित १२ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा १५, मङ्सिर । गोरखा जिल्लामा आज थप १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी पप्रदेश स्वास्थ्य निर्देशनालयका सोमबार जारी गरको चौथो बिज्ञप्तिमा गोरखा अस्पतालमा ५ जना र जिल्लाको पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । गोरखा अस्पतालमा बर्ष ५४ र ४३ का २ जना पुरुष, तथा ९०, ८७ र ५० बर्षकी ३ महिलामा कोरोना देखिएको छ ।

त्यस्तै पालुङटार नगरपालिकामा ४३ बर्ष र ६६ बर्षका दुई पुरुषमा कोरोना पुष्टी भएको छ । बिज्ञप्तिमा पालुङटार नगरपालिका भित्रै १९, ४०, १३, ४० र ४९ बर्षका ५ जना महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनिहरु सबैमा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा संक्रमणको पहिचान भएको हो । संक्रमित सवैको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा स्वांब परीक्षण गरिएको थियो । तर स्वास्थ कार्यलय गोरखाले भने प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज पुष्ठि गरेको १२ मध्ये ७ जना भने यस अघि नै संक्रमण पुष्टि भइ आइसोलेसनमा रहेकाहरु भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology