एजेन्सी जम्मु काश्मीरका गोली चल्दा एक प्रहरी र दुई आतंककारी मारिएका छन् ।स्कुटरमा आएका आतंककारीले बुधबार दिउँसो गोली चलाउँदा एक सेन्ट्रल पोलिस रिजर्भ फोर्स (सीपीआरएफ) का एक जवानको मृत्यु भएको हो । त्यसैगरी प्रहरीले गरेको जवाफी फाइरिङमा दुई आतंककारी पनि मारिएका छन् ।
जम्मु काश्मीरको श्रीनगरस्थित परिम पोरा चेक पोस्टमा प्रहरीले स्कुटरमा सवार तीनजनालाई रोक्न आग्रह गरेको थियो । प्रहरीको आग्रहलाई बेवास्ता गर्दै आतंककारीले गोली चलाएका थिए । जसमा एक प्रहरीको मृत्यु भयो भने प्रहरीले चलाएको गोली लागेर दुई आतंककारी मारिएको जम्मु काश्मीरका डीजी दिलबाग सिंहले पुष्टि गरेका हुन् ।
घाइते अवस्थामा भाग्न खोजेका एक आतंककारीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ ।आतंककारीको गोली लागेर ज्यान गुमाउनेमा बिहारका रमेश रन्जन रहेको बताइएको छ ।