काभ्रे १३, मङ्सिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादीका ७५ नेता कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् । काभ्रेको धुलिखेलमा आज आयोजित एक कार्यक्रममा बिच नेकपा नेता पूर्वमन्त्री गोकुल बाँस्कोटाले नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो ।
सो क्रममा बिप्लव समुहका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, काभ्रे जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियार लगायत रहेका छन् ।
नवप्रवेशी तामाङले आफुहरु वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण सङ्घर्षमा समाहित भएको बताउनुभयो । तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जनामात्रै रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन् ।