Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि


1.4K
Shares

पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौै १२, मङ्सिर । पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको जम्मा संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, ललितपुरमा १ सय ६० र भक्तपुरमा ६३ जना सङ्क्रमित थपिएका छन् । पछिलो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology