Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भतिजको कुटाइबाट काकाको ज्यान गयो


1.6K
Shares

भतिजको कुटाइबाट काकाको ज्यान गयो

महोत्तरी १२, मङ्सिर । महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।

बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उहाँ गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गएराति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । कुटपिट गर्ने भतिज विनोदलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology