Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बालिकाको हत्यारालाई कारवाहीको माग गर्दै बुहारी संयुक्त आवाज गोरखाले पठायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र


4K
Shares

बालिकाको हत्यारालाई कारवाहीको माग गर्दै बुहारी संयुक्त आवाज गोरखाले पठायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गोरखा ११, मङ्सिर । मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले महोत्तरीको बर्दिबासकी ६ बर्र्षिया बालिका हत्याको घटनाको निस्पक्ष छानबिन गरि दोषी माथि कडा कारबाहीको माग गरेको छ । समाजकी जिल्ला संयोजक सपना पुनको नेतृत्वको टोलीले आज गोरखाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै घटनाको निस्पक्ष छानबिन गरि दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा घटनामा संलग्नलाई कारवाही सुनिश्चित नभए मेचीकाली बुहारी संयुक्त आवाजले सर्घषको गर्ने चेतवनी समेत दिइएको छ । ‘ नेपालको बिद्यमान कानुन र प्रशासनिक व्यवहार अझै पिडित मैत्री देखिएन, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘बरु पिडक मैत्री देखियो किन भने हरेक हत्या र बलात्कारको घटनामा अपराधीले उन्मुक्ती पाउने र पिडितको पक्षमा न्यायका लागि रुदै सडकमा हिड्नु परेको अबस्था छ ।’

अझै पनि अपराधीहरुले पहुँच र पैसाको भरमा उन्मुक्ति पाउनु दुर्भाग्यपूर्ण अबस्था रहेको आवाजले प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै बलात्कार जस्ता जधन्य अपराधको घटनालाई संलग्नलाई फाँसी दिनुपर्ने माग समेत गरेको छ । ज्ञापन पत्र बुझ्दै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मेची महाकाली बुहारी संयुक्त आवाजले उठाएको मागको उचित सम्बोधन हुनुपर्ने भन्दै दोषी माथि कारबाहीका लागि आफ्नो ठाउबाट पहल गर्ने बताउनुभयोे ।

उहाँले आवाजले बुझाएको ज्ञापन पत्र सम्बन्धित ठाउँ तत्काल पु¥याउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखामा भर्खरै मात्र गठन भएको मेची महाकाली बुहारी संयुक्त आवाज महिला र बालबालिका माथि हुने गरेको हिसाँ बलात्कार लगायतका घटनाका बिरुद्ध शसक्त आवाज उठाउने बताउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology