Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मुग्लिन आँबुखैरेनी सडक खण्डको खहरेमा यात्रुबाहक बस दुर्घटनाग्रस्त


4.4K
Shares

मुग्लिन आँबुखैरेनी सडक खण्डको खहरेमा यात्रुबाहक बस दुर्घटनाग्रस्त

गोरखा ११, मङ्सिर । पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन सडक खण्डमा आज दिउँसो यात्रुबाहक बस दुर्घटनामा परेको छ । आँबुखैरेनी गाउँपालिका–३ को खहरे भन्ने स्थानमा बस सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलामा खस्दा बसमा सवार ११ जना यात्रु घाइते भएको आँबुखैरेनी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि चितवन पठाइएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology