Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटको पहिलो चौमासिक समिक्षा : बाँझो जमिनमा खेती, राहातमा रोजगारी अत्याधिक सफल


3.5K
Shares

बारपाक सुलिकोटको पहिलो चौमासिक समिक्षा : बाँझो जमिनमा खेती, राहातमा रोजगारी अत्याधिक सफल

गोरखा ९ मङ्सिर । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिक समिक्षा कार्यक्रम आइतबार सम्पन्न गरेको छ । गाउँपालिकाको १६ वटै बिषयगत कार्यालयले चालु आर्थिक बर्षको पहिलो चौमासिक भित्र सम्पन्न गरेको योजना र कार्यक्रमको बारेमा समिक्षा गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

‘पहिलो चौमासिक भित्र गाउँपालिकाका सवै शाखाले सम्पन्न गर्ने लक्ष्य राखेका योजनाहरु सम्पन्न भए नभएको तथा नभए किन भएन भन्नेसम्मको रिर्पोटिङ समिक्षा बैठकमा भयो, अध्यक्ष भट्टले भन्नुभयो, कोभिड १९ को बिपत्को अबस्थामा पनि जे जति काम भएको छ त्यो सन्तोषजनक नै छ । उहाँले चालु आर्थिक बर्षको पहिलो चौमासिक भित्र लक्ष्य अनुसार प्रगती हासिक गरेको पनि बताउनुभयो ।

कोभिडका कारण तालिम गोष्टी लगायत गर्नुपर्ने काम बाहेक भौतिक तथा सामाजिक दुरी कायम गरि गर्नसकिने बिकास निर्माण तथा अन्य योजनालाई गाउँपालिकाले निरन्तरता दिदै आएको बताउनुभयो । पालिकाको कृषि शाखा, पशुसेवा शाखा, रोजगार सेवाकेन्द्र, योजना तथा अनुमगन शाखा, प्राबिधिक शाखा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा लगायतका शाखा, महिला बालबालिका शाखा लगायतका शाखाहरुबाट लक्ष्य भन्दा बढी उपलब्धी हासिल गरेको रिर्पोट समिक्षा बैठकमा प्राप्त भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको पहिलो चौमासिक अबधीमा कोरोना संक्रमणका कारण बेरोजगारी बनेका युवा, बिपन्न, असाहाय नागरिकलाई रोजगारी उपलब्ध गराउने तथा बाँझो जमिन खेती गर्ने कार्यक्रम गाउँपालिकाको सफल कार्यक्रमको रुपमा देखिएको उहाँको भनाई छ । चालु आर्थिक बर्षमा २ सय रोपनी बाँझो जमिन खेती गर्ने लक्ष्य लिएको गाउँपालिकाले करिब ६ सय रोपनी बाँझो जमिन खेती सुरु गरेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

त्यस्तै पहिलो चौमासिक अबधीमा करिब ९ सय भन्दा बढी व्यक्तिलाई गाउँपालिकाले राहातका सट्टा रोजगारी दिन सफल भएको गाउँपालिकाले जनाएको छ । गएको बर्षहरुमा गाउँपालिकाले यस्ता खालका समिक्षा कार्यक्रम गर्न नसकेको भएपनि यो बर्षदेखि भने समिक्षा कार्यक्रम सञ्चालन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

उहाँले कार्यक्रम कार्यान्वयनका लागि कोरोना संक्रमण गाउँपालिकाका लागि मुख्य चुनौती रहेको बताउनुभयो । ‘भूगोलको हिसावले बारपाक सुलिकोट गाउँपालिकाको भुगोल अन्यत्नै अफट्यारो भूगोल हो, अध्यक्ष भट्टले भन्नुभयो, हुडीखोलाबाट माथि रहेका ४ वटा वडामा बर्खाका बेलामा लगभग आवाज जातव नै बन्द जस्तो छ त्यसले काम गर्न समस्या हुनु स्वाभाबिक नै हो ।’ गाउँपालिकाको भवन निर्माण लगायतका काम पनि तिव्र गतिमा अघि बढि रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology