गोरखा ९, मङ्सिर । गोरखा जिल्लामा आज थप १७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पहिलो बिज्ञप्तिमा जिल्लाको गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकामा संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि भएकाहरुमा गोरखा नगरपालिका भित्र १६ जना र सिरानचोक गाउँपालिकामा १ जना रहेका छन् ।
कार्यालयले जारी गरेको बिज्ञप्तिका अनुसार गोरखा नगरपालिकाको वडा नम्बर ३ मा ३३ बर्षका एक पूरुष ३१ बर्षकी एक महिला, वड नम्बर ५ मा २२ बर्षका १ जना पुरुष, वडा नम्बर ८ मा ८२, २६र २३ बर्षका ३ महिला, ८७, २८, २३ बर्षका ३ जना पुरुषमा संक्रमणको पुष्टी भएको हो । त्यस्तै गोरखा नगरपालिका वडा नम्बर ९ मा ३२, १७, ११, ६७ र ६५ बर्षका ५ पूरुष तथा ४७ र ४६ बर्षका २ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
उता जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ का बर्ष ३५ का एक पुरुषमा पनि संक्रमण देखिएको बिज्ञप्तिमा उल्लेख छ । उनिहरु सबैको पोखराको क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण गरिएको थियो । संक्रमित सवैका कन्ट्रयाक्ट ट्रेसिङ आधारमा कोरोना पुष्टी भएको जनाइएको छ ।