Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोरामा पोको पारेर फलिएको अबस्थामा बालिकाको शव फेला, आरोपितको घरमा प्रर्दशनकारीले लगाए आगो


3.8K
Shares

बोरामा पोको पारेर फलिएको अबस्थामा बालिकाको शव फेला, आरोपितको घरमा प्रर्दशनकारीले लगाए आगो

महोत्तरी ९, मङ्सिर । महोत्तरीको बर्दिबासमा दुई दिनदेखि बेपत्ता बालिकाको बोरामा शव फेला स्थानीयले हत्या आंशका पक्राउ परेका व्यक्तिको घरमा आगजनी गरेको छ । बिहानै बर्दिवासस्थित मुख्य चोकमा प्रदर्शन उत्रिएका स्थानीयबासीहरुले हत्याको आरोपमा पक्राउ परेका महोत्तरीको गौशाला नगरपालिका–५का २५ वर्षीय अरूणकुमार साहको घरमा आगजनी गरेका हुन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याससमेत प्रहार गरेको स्थानीयले बताएका छन् । प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताइएको छ। आगो नियन्त्रणमा जान लागेको दमकललाई समेत प्रर्दशनकारीले रोकेका छन् । हत्या आरोपमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिसबासका प्रहरी नायब उपरीक्षक चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार ति युवकले हत्या गरेको स्वीकार गरेका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी ६ बर्षिया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको थियो । आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको हो।

शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमतर्फ रहेको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ। बालिकाको बलात्कारपछि हत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् भने प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सकिने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology