Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मोटरसाईकलको ठक्करबाट ८ बर्षिय बालकको मृत्यु


6.5K
Shares

मोटरसाईकलको ठक्करबाट ८ बर्षिय बालकको मृत्यु

तनहुँ ६, मङ्सिर । तनहुँमा आज मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको भानु नगरपालिका–५ पञ्चनगरमा मोटरसाइकलको ठक्करबाट ८ बर्षिय बालक आइज्याक सिङ्खडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालकलाई डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका बालकको चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ । बालक सडकमा हिडिरहेका बेला मोटरसाइकलले एक्कासी ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology