गोरखा ६, मङ्सिर । नेकपाका युवा नेता तथा संघीय सरकार बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतका सचिवालय सदस्य धिरज उपरकोटी र उहाँको दाजु जितबहादुर उपरकोटीले आफ्नी दिवङ्गत आमा सन्सरी नेपालीको स्मृतिमा अक्षय कोषको स्थापना गरेका छन् । क्यान्सर रोगका कारण निधन हुनुभएकी आमाको स्मृतिमा दलित, असाहय तथा बिपन्न बालबालिकाहरुको स्वास्थ्य उपचारमा निरन्तर सहयोग पुरयाउन अक्षय कोष स्थापना गरिएको परिवारले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटीले स्वर्गीय नेपालीको सातौ दिनको पुन्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उपरकोटी दाजुभाईले उक्त अक्षय कोष स्थापनाको घोषणा गरेका हुन् । ‘अहिले तत्कालका लागि रु ३० हजार रुपैयाबाट अक्षयकोष सुरु गरिएको छ, स्वर्गिय नेपालीका कान्छा छोरा समेत रहनु भएका युवा नेता धिरज उपरकोटीले भन्नुभयो, बिस्तारै अक्षयकोषलाई डेढलाखसम्म पु¥याउनेछौ ।’ आगामी बर्षहरुमा कोषमा रकम थप्दै जाने उहाँको भनाई छ ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य एवं बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, नेकपा गण्डकी प्रदेश सदस्य लोकप्रसाद बन्जरा, दलित नेता गोपाल बराइली, नेकपा बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ, भिमसेन थापा गाउँपालिका अध्यक्ष बिनोद पाण्डे, वडा नं ६ र ७ का वडा अध्यक्ष एवं सदस्यहरु, पार्टीको नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । स्वर्गीय नेपालीको गत कार्तिक २९ गते शनिबार आफ्नै निवास बारपाक सुलिकोट–७, ताकुकोटमा क्यान्सरको कारण निधन भएको थियो ।