Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा हिलोमा टाउको गाडिएको अबस्थामा युवकको शव फेला


6.7K
Shares

गोरखामा हिलोमा टाउको गाडिएको अबस्थामा युवकको शव फेला

गोरखा ५, मङ्सिर । गोरखाको पालुङटार नगरपालिकामा आज एक युवकको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित जोगीस्थान भन्ने ठाउँमा खेतमा युवकको शव फेला परेको इलाका प्रहरी कार्याल्य ठाँटी पोखरीका इन्चार्ज सोमदास ढकालले जानकारी दिनुभयो ।

अन्दाजी करिब ३६ बर्षका स्थानीयबासी रामबहादुर कुमाल दिउँसो करीब २ बजेतिर घर नजिकै मृत अबस्थामा भेटिएको उहाँले बताउनुभयो । ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब फेला परेको प्रहरीको भनाई छ । घटनास्थलमा मुचुल्का तयार पारेर मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

कुमाल हिजो घरबाट ससुराली गएको र ससुरालीबाट घर नआए पछि उहाँको खोजी गर्दा आ मृत अवस्थामा फेलापरेको प्रहरी कार्यालयले जनाएको छ । ‘हिजो ससुराली गएर घर फर्किएका कुमाल घर नआएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा स्थानियले खेतमा घोप्टो अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले भन्नुभयो ।

ससुरालीबाट फर्किएका उहाँ खेतको बाटो भएर घर आउदा चिप्लीएर लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । मृत्तक कुमालको पालुङटार नगरपालिका ८ को ढोडघाँरी भन्ने स्थानको खोला छेवैको खेतमा घोप्टो अवस्थामा शव फेला परेको हो । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरी रहेको कार्यालयले जनाएको छ ।

कुमालको दुर्घटनामा परेर मृत्यु भएको वा हत्या भएको भन्ने बारेमा खुल्न सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology