Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पार्टी सचिवालयको बैठक बोलाएकै समय जुधाएर प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक


3.9K
Shares

पार्टी सचिवालयको बैठक बोलाएकै समय जुधाएर प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाण्डौं ३, कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठक बोलाएकै समयमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढ्दै जाँदा आजका लागि बोलाइएको पार्टीको सचिवालय बैठक मन्त्रिपरिषद बैठकका कारण अन्योलमा परेको छ । १ः०० बजे बैठक बोलाउने सहमति भएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि बैठक बस्ने नबस्ने थप अन्योल भएको हो ।

प्रधानमन्त्री ओली आजको सचिवालय बैठक सार्ने पक्षमा थिए । तर अर्का अध्यक्ष दाहाल सहितका ५ जना सचिवालय सदस्यले आजै जसरी पनि बैठक गर्ने तयारीमा छन् ।

गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो । तर ठीक त्यही दिन र समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गर्नु भएको हो ।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology