Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मानहुकोट जादै गरेको माइक्रो भिरबाट खस्यो , २८ बर्षिय युवतीको मृत्युु, अन्य ८ घाइते


3.9K
Shares

मानहुकोट जादै गरेको माइक्रो भिरबाट खस्यो , २८ बर्षिय युवतीको मृत्युु, अन्य ८ घाइते

दमौली ३, कार्तिक । तनहुँको दमौलीबाट मानुङतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको यात्रुवाहक हायस भीरबाट खस्दा एक युवतीको मृत्युु भएको छ ।

पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङको दुर्घटनामा परि मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले कार्यालय तनहुँले जनाएको छ ।दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन ।

दुर्घटनामा परि गम्भिर हुनु भएका उहाँको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको भएको हो ।

उकालो लाग्दै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको थियो । सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology