Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोभिड टाक्सफोर्सका गोरखा जिल्ला संयोजक श्रेष्ठलाई कोरोना संक्रमण


3.4K
Shares

कोभिड टाक्सफोर्सका गोरखा जिल्ला संयोजक श्रेष्ठलाई कोरोना संक्रमण

गोरखा २६, कात्तिक । कोभिड टाक्सफोर्सका गोरखा जिल्ला संयोजक  गोर्बदन श्रेष्ठलाई कोरोना संक्रमणको पुष्टी भएको छ । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वांब संकलन गरि परीक्षणका लागि पठाइएको उहाँमा बुधबार आज संक्रमणको पुष्टी भएको हो ।

गोरखा क्याम्पस आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा गोरखा अस्पताल सञ्चालक समितिका सदस्य समेत रहनु भएका श्रेष्ठ स्वांब संकलन लगत्तै सुरक्षित रुपमा आइसोलेसनमा बस्नु भएको थियो ।

संक्रमण पुष्टी भए लगत्तै उहाँले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमितको उपचारका लागि व्यवस्थापनमा खटिने क्रममा सुरक्षित रहने प्रयास गर्दा गर्दै आफुमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

श्रेष्ठले आफु छिट्टै कोरोनालाई जितेर नियमित कार्यमा फर्कने भन्दै आफ्नो सम्र्पकमा रहेका सवैलाई थप सर्तक रहन समेत सामाजिक सञ्जाल मार्फत अपिल गर्नुभएको छ । त्यस्तै अस्पतालमा कार्यरत अर्की एक सिनियर अनमीलाई पनि आज नै कोरोना संक्रमणको पुष्टी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology