गोरखा २६, कात्तिक । गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई कोरोना संक्रमण मुक्त हुनुभएको छ । यही कात्तिक गते कोरोना संक्रमित हुनभएका प्रमुख जिल्ला अधिकारी भट्टराईको बुधबार कोरोना रिर्पोट नेगेटिभ आएको हो ।
उहाँको हिजो मात्र पुनः स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य ल्यावेरोटरी, पोखरामा गरिएको कोरोना परीक्षणका क्रममा प्रजिअ भट्टराईको रिर्पोट नेगेटिभ आएको हो ।
कोरोना संक्रमणको सामान्य लक्षण देखिए लगत्तै संक्रमणको पुष्टी हुनु अगाबैदेखि प्रमुख जिल्ला अधिकारी भट्टराई होम आइसोलसनमा रहनु भएको छ ।