Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा महिला र बालबालिका माथि हुने हिसां बिरुद्ध लड्ने मेची महाकाली बुहारी संयुक्त आवाजको घोषणा


6.4K
Shares

गोरखामा महिला र बालबालिका माथि हुने हिसां बिरुद्ध लड्ने मेची महाकाली बुहारी संयुक्त आवाजको घोषणा

गोरखा २६, कात्तिक । गोरखामा महिला र बालबालिकाहरु माथि हुने हिसांका बिरुद्ध मेची महाकाली बुहारी संयुक्त आवाजले आवाज उठाउने भएको छ । जिल्लामा भर्खरै गठन भएको उक्त संस्थाले जिल्ला भित्र हुने सवै खालका महिला तथा बालबालिकाहरु माथि हुने घरेलु हिसां, सामाजिक हिसांका बिरुद्ध पिडितलाई न्याय दिलाउन आवाज उठाउने संस्थाकी संयोजक सपना पुनले जानकारी दिनुभयो ।

सदरमुकाममा आज पत्रकार भेटघाटको आयोजना गरि बुहारी संयुक्त आवाजकी संयोजक पुनले समाजमा हुने हिसांबाट अझै पनि महिला र बालबालिकाहरु प्रताडित भएर बस्नुपर्ने बाध्यता रहेको भन्दै पिडितहरुको न्यायका लागि जिल्लामा सर्घष गर्न संस्थाको गठन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाकी गोरखा जिल्लाकी सल्लाहकार मनकुमारी गुरुङले बुहारी संयुक्त आवाजले देशका सवै जिल्लामा समिति बिस्तार गरिसकेकाले अब स्थानीय, प्रदेश र संधिय सरकारसंग मिलेर महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो । उहाँले संस्थाले पिडितहरुको न्याय र अधिकारका लागि कानुनी ढंगबाट लड्न समेत सहयोग गर्ने बताउनुभयो ।

‘हामीले पिडित महिला तथा बालबालिकाहरुलाई साथ दिने, पिडकलाई जसरी कारबाहीमा लैजानुपर्छ भन्ने मान्यता छ ।’ उहाँले भन्नुभयो । गोरखा जिल्लामा पछिल्लो केहीदिन भित्रमा ३ वटा जबरजस्ती बलात्कारको घटनाका सार्वजनिक भएको भन्दै पिडितको पक्षमा बुहारी संयुक्त आवाजले बोल्ने उहाँको भनाई छ । कार्यक्रममा बुहारी संयुक्त आवाजकी जिल्ला उपाध्यक्ष जनुका अधिकारी, सचिव बिना कैनी, कोषाध्यक्ष गोमा दुवाडी, सदस्य सावित्री थापामगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology